Uncategorized

इ– पास पनि फिर्ता

Follow us on social media

धादिङ्ग जिल्ला र काठमाण्डौ जिल्ला सिमा नाकामा प्रहरीले कडाई गरेको छ । अत्यआवश्यक भन्दा पनि पहुचको आधारमा ई पास दुरुपयोग हुन थाले पछि नागढुङ्गा नाकाले अत्यआवश्यक भन्दा ई पास वोकेर आउने सवारी साधनालाई फिर्ता गरेको नागढुङ्गा प्रहरी निरिक्षक हेमन्त थापाले वताए ।
पछिल्लो समय विभिन्न वहानामा ई पासले राजधानी भित्रने सवारी बाक्लिदै गए पछि प्रहरीले यस्तो कदम चालेको हो । राजधानी काठमाण्डौलाई कोरोना संक्रमण हुन नदिन आवत जावतमा थप कडाई गरेको छ । ई पास हुने विमारी र अत्यआवश्यक वस्तु वोक्ने सवारीलाई आवत जावत गर्न दिएको निरिक्षक थापाले वताए । त्यस्तै भक्तपुर जिल्लाबाट काठमाण्डौ छिर्ने नाकालाई पनि कडाई गरेको छ । बागमती प्रदेशमा कोरोना संक्रमण हुने संख्य ७ जना सवै निको भएर घर फर्किसकेका छन् । सिमा नाकामा कोरोना संक्रमणको संख्या वढ्न थाले पछि राजधानीलाई सुरक्षित राख्न थप कडाई गरेको हो ।

About the author

Bashu Shrestha

Works as a journalist in News24 Nepal

Add Comment

Click here to post a comment