Follow us on social media
दार्चुला : महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन् । आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन् । हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ ।
थापाले नदीमा हाम फालेबारे एकिन हुन नसकेको प्रहरी जनाएको छ। स्थानीयका अनुसार थापाका श्रीमानले दोस्रो विवाह गरेपछि उनी तनावमा थिइन। थापाको खोजीकार्य गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्ट लगायतको टोली घटनास्थल पुगेको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Add Comment