Follow us on social media
काठमाडौं : भारतको महाराष्ट्रमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको लकडाउन मे ३१ सम्म बढाइएको छ । महाराष्ट्रको सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको भन्दै लकडाउन ३१ मे सम्म लम्ब्याउने निर्णय गरेको हो ।
भारतको केन्द्र सरकारले यसअघि घोषणा गरेको लकडाउनको अवधि आज सकिँदैछ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै पनि जारी रहने बताइसकेका छन् । कहिलेसम्म जारी रहने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।
Add Comment