Follow us on social media
काठमाडौं : भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’ मा अभिनय गर्ने कलाकार सचिन कुमारको हृदयघातका कारण शुक्रबार निधन भएको जनाइएको छ । उनी बलिउड अभिनेता अक्षयकुमारका अफन्त पनि हुन् । भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’ मा उनले लगातार ८ वर्षसम्म अभिनय गरेका थिए ।
मुम्बईको ओब्रोय स्प्रिङमा बस्दै आएका सचिन एक फोटोग्राफर थिए । उनको अचानक हृदयघातका कारण निधन भएको मिडियामा जनाइएको छ ।
Add Comment