ब्रेकइङ न्युज शिक्षा समाचार

कक्षा ११ को परीक्षा आन्तरिक मुल्याङक बाटै टुङग्याउन नेविसंघको माग

Follow us on social media

काठमाडौं । नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले कक्षा ११ को परीक्षा पनि एसइइ जस्तै आन्तरिक मुल्याङक बाटै टुङग्याउन सरकारसँग माग गरेको छ ।
आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो । विद्यालय र क्याम्पसहरुलाई शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शुल्क नलिन निर्देशन दिन पनि माग गरेको छ ।
नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र सुरु गर्नु पर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन,रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन सुरु गर्नु पर्ने र इन्टरनेटलगायत सबै प्रविधिको निस्शुल्क व्यवस्थापन गर्न माग गरेको छ ।
कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

About the author

रमेश श्रेष्ठ

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

रमेश श्रेष्ठ