Follow us on social media
भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच राति झडप हुँदा भारतीय सैनिकका तीन जनाको मृत्यु भएको छ।
झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ,ु भारतीय सेनाको विज्ञप्तिलाई उल्लेख गर्दै लेखेको छ।
Add Comment