अर्थ/व्यापार ब्रेकइङ न्युज विविध शिक्षा समाचार

निजि विद्यालय ः विद्यार्थी शुल्क लिन नपाए अनलाई शिक्षा वन्द गर्ने चेतावनी

Follow us on social media

काठमाडौं÷ शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालकबीचमा शुल्कका विषयमा छलफल भएको छ । बुधबार शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा र प्याब्सन तथा राष्ट्रिय प्याब्सनका पदाधिकारीबीच छलफल भएको े थियो । तर, कुनै सहमति जुटेन । शिक्षण शुल्क लिन नपाए अनलाइन कक्षालगायतका शैक्षिक गतिविधि ठप्प पार्ने प्याब्सन र एनप्याब्सनले े े अल्टिमेटम दिएपछि शिक्षा मन्त्रालयले वार्तामा बोलाएको थियो । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले बुधबारको वार्तामा सहमति नजुटेको र बिहीबार फेरि छलफल जारी रहने बताए । शिक्षा मन्त्रालयले लकडाउनको समयमा कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । तर, निजी शैक्षिक संस्थाले शिक्षक कर्मचारीलाई तलब दिन नसकेको भन्दै शिक्षण शुल्क मात्रै लिन पाउनुपर्ने माग गरेका छन् । १९ असारसम्म शिक्षा मन्त्रालयले निकास नदिएमा २२ असारबाट अनलाइन कक्षासमेत बन्द गर्ने चेतावनी दिएका छन् । कुनै निजी विद्यालयले गलत गरेमा संगठनले त्यसको पक्षपोषण नगर्ने ढुंगानाले बताए । एकाध निजीले गलत गरे भनेर सबैलाई मुछ्न नहुने उनको भनाइ छ । भर्चुअल कक्षा लिइरहेको समयमा शिक्षण शुल्कबाहेकको शुल्क नलिने निजी विद्यालय सञ्चालकका संगठनले प्रतिबद्धता जनाइसकेका छन् । अहिले आफ्ना विद्यार्थी को हुन्, पुराना विद्यार्थी आउँछन् कि आउँदैनन् भन्नेसमेत यकिन नभएकाले अभिलेखीकरण गर्न पाउनुपर्ने आफूहरूले सरकारसँग राखेको ढुंगानाले बताए । एकाध विद्यालयबाहेक निजी विद्यालयका शिक्षक कर्मचारीले तलब पाएका छैनन् । नयाँ पत्रिकाबाट

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News