ब्रेकइङ न्युज समाचार स्वास्थ्य

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

Follow us on social media

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भयो । देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भयो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।

थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

About the author

रमेश श्रेष्ठ

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

रमेश श्रेष्ठ