ब्रेकइङ न्युज समाचार स्वास्थ्य

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारीमा कोरोना संक्रमण

Follow us on social media

काठमाडौं । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार राजधानीको सोल्टी होटलमा बस्दै आएका ५० जना चालक दलका सदस्यहरुमध्ये १४ जनालाई कोरोना पुष्टि भएको हो ।
त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।
निगमले लकडाउनको समयमा विभिन्न देशमा चार्टर्ड उडानमा संलग्न चालक दलहरुमा कोरोना पुष्टि भएको हो । निगमले लकडाउनको समयमा विभिन्न देशमा चार्टर्ड उडानमा संलग्न चालक दलका सदस्यहरुलाई सोल्टी होटलमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउँदै आएको छ ।

About the author

रमेश श्रेष्ठ

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

रमेश श्रेष्ठ