धादिङको सेरोफेरो ब्रेकइङ न्युज समाचार स्वास्थ्य

ह्वासिन सिमेन्टद्धारा धादिङमा लाखौको स्वास्थ्य सुरक्षा सामाग्री वितरण

Follow us on social media


निर्माणाधिन अवस्थामा रहेको चीनियाँ लगानीको राष्ट्रिय प्राथामिकता उद्योग ह्वासिन सिमेन्ट नारायणी प्रा।लीले कोरोना रोकथाम तथा नियन्त्रणकालागि धादिङमा लाखौ मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

उक्त कम्पनीका नेपाली साझेदार सुरज वैद्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत छ्यानहोङ छियाङ ले जिल्ला प्रशासन कार्यालय, बेनिघाट रोराङ गाऊपालिका, गजुरी गाऊपालिका , सिद्धलेक गाउपालिका, गजुरीस्थित नेपाली सेनालाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । कम्पनीले पीपीई सेट, सर्जिकल माक्स, के एन ९५ माक्स, हेलमेट, फगिङ मसिन लगायतका सामाग्री वितरण गरेको हो । गत आईतबार एक कार्यक्रमका बिच कम्पनीले प्रमुख जिल्ला अधिकारी असनमान तामाङ, बेनिघाट रोराङ गापाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी हरी, गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत तथा सिद्धलेक गापाका अध्यक्ष प्रेम सिलावाललाई सम्बन्धित कार्यलयमै पुगेर हस्तान्तरण गरेको हो ।

कम्पनीले चालिस हजार९४०,००००० अमेरिकी डलर, करिब पचास लाख रुपैयॉ बराबरको स्वास्थ्य सामाग्री चीनबाट आयातगरी वितरण गरेको जनाएको छ । कम्पनीले यसअघि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा विभागलाई पनि राहत सामाग्री हस्तान्तरणगरेको थियो । कम्पनीले यसअघि पनि धादिङमा बाह्र हजार९१२,०००० थान माक्स तथा सेनिटाईजर वितरण गरेको थियो । राहत हस्तारणपछि कम्पनीका नेपाली साझेदार सुरज बैद्यले आफ्नो सानो सहयोगले थोरै भएपनि महामारीकोरुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणकालागि मद्यत पुग्ने विश्वास लिएको जनाए ।

राष्ट्रिय प्राथामिकता उक्त उद्योग धादिङको बेनिघाट रोराङ २ मा निर्माणाधिन अवस्थामा छ । उक्त उद्योगमा हाल करिब ५०० जना नेपाली कामदार कार्यरत छन । सिमेन्ट उत्पादनका साथै सिमेन्ट उत्पादनकालागि आवश्यक पर्ने आधुनिक प्रविधि विकासको क्षेत्रमा ह्वासिन विश्वकै कहलिएको कम्पनी मध्येमा पर्छ । गतवर्ष धादिङकै केहि नेताहरुले व्यत्तिगत स्वार्थकालागि सो कम्पनीलाई अवरोध गर्नुको साथै विवादमा तान्ने प्रयास गरेका थिए ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News