अर्थ/व्यापार कृषि धादिङको सेरोफेरो समाचार सुचना

कृषि सामग्रीमा मल गोदाम खाली, मल नपाउदा किसान मर्कामा ।

Follow us on social media

धादिङ/ मानो छरेर मुरी भित्राउने भन्ने कथन सहित असार महिना मानो छर्न व्यस्त छन् खेत खेतमा किसानहरु । किसानहरुले खेतमा राख्ने मल समेत नपाउदा कृर्षि प्रधान देश अनि प्रधान मन्त्री केपि शर्मा ओली ज्यूको सुखी नेपाली सम्वृद्धि नेपाल भन्ने नारा, नारामा मात्र सिमित नहोला भन्न सकिन्न ।
विषेश त रोपाई गरेको खेतहरुमा यूरिया मल राख्नु पर्ने हुन्छ । तर कृर्षि सामाग्री केन्द्र धादिङ्गको गजुरीमा यूरिया मल राख्ने गोदाम नै खालि हुदा किसानहरुले मल पाउन सकेनन् । लामो समय लकडाउन भए पनि खाद्य लगाएत निमार्ण सामाग्री छिमेकी मुलुक भारतबाट प्रसस्त आए । तर किसानले विरुवा पातमा राख्ने मल नपाउदा खालि विरुवा मात्र रोप्न बाध्ये भएको धादिङ्ग धुनिवेशी नगरपालिकामा लामो समय देखी व्यवसायीक रुपमा कृषि पेशा गर्दै आएका किसान रामकृष्ण श्रेष्ठले वताए ।


लकडाउन र गोलोवल टेन्डर गरेको मल समय आउन नसकेको भन्दै कृषि सामाग्री केन्द्र गजुरीका प्रमुख विनोद शर्माले वताए । अन्य मल भन्दा यूरिया मल सस्तो र वढि खपत हुने गरेकोले पनि यूरिया मल अभाव भएको र नेपालमा समेत यूरिया मल नभएको हुदा श्रावणको दोस्रो साता सम्म आउने जानकारी आफुले पाएको शर्माले वताए ।

This image has an empty alt attribute; its file name is vlcsnap-2020-07-10-17h37m05s238.png


गत आर्थिक वर्षमा यूरिया मल १८ सय ७९ टन मल आएको थियो । तर यो आवश्यकता भन्दा धेरै कम हो । धादिङ्गमा १३ वटा स्थानिय तहमा करिव ३७ हजार २ सय ३६ हेक्टर कृषि उत्पादन हुने जमिन रहेको जिल्ला कृषि ज्ञान केन्द्र धादिङ्गको तथ्यांकमा उल्लेख रहेको छ । धादिङ्गमा कुल क्षेत्रफलको ११ हजार २ सय ३६ हेक्टर क्षेत्रफल जमिनमा धान उत्पादन हुन्छ भने २० हजार हेक्टरमा मकै उत्पादन हुने गरेको छ । विषेशत धादिङ्ग सदरमुकामबाट दक्षिण क्षेत्र पृथ्वीराजमार्ग आसपासमा तरकारी उत्पादन हुने गरेको छ । जस्मा ६ हजार हेक्टरमा तरकारी उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले वताएको छ । तर मल अभाव हुदा विरुवामा मल राख्न नपाउदा उत्पादकत्वमा ह्रास आउने पक्कै देखिन्छ । धादिङ्गमा धान उत्पादन हुने ११ हजार २ सय ३६ हेक्टर जमिन मध्ये ५५% प्रतिशत रोपाई भै सकेको कृषि ज्ञान केन्द्र धादिङ्गले वताएको छ ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News