Follow us on social media
धादिङ्गको धुनिवेशी नगरपालिकाले माप दण्ड विपरित आर्थिक चलखेलमा जग्गा खरिद गरेको भन्दै स्थानियले विरोध गरेका छन् । आईतवार सयौंको संख्यामा गएका स्थानियले ५ हजार हस्ताक्षर सहित विरोध पत्र धुनिवेशी नगरपालिका उपप्रमुख निरु खरेललाई वुझाए हुन ।

धुनिवेशी नगरपालिकाले जग्गा खरिदको क्रममा सार्वजनिक सुचना समेत टास नगरी स्थानियलाई गुप चुप राखी जग्गा खरिद गरेको विरोध पत्रमा उल्लेख गरेको छ । भने धुनिवेशी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले ठुला व्यापारी संग मिलेमतोमा राज्यको ठुलोे आर्थिक रकम हिनामिना समेत गरेको उल्लेख छ । नगरले जुगेडी केन्द्र भन्दै मच्छिन्द्रनाथ सामुदायिक वनको खोल्सा संगै जोडेको कपुरबासे भन्ने स्थानमा जग्गा लिएको समेत उल्लेख छ ।

सर्वदलियले जुगेडी केन्द्र तोके पनि ईलाका नं. १० अर्थात साविको नौविसे, जिवनपुर, छत्रेदेउरालीको केन्द्र खानिखोला रहेको थियो । सोही स्थानलाई नगरपालिका कार्यालय रहेन समेत वताएको थियो । त्यसको स्थान परिवर्तन गर्नका लागि स्थानिय सरकारलाई केन्द्र सरकारले स्थान परिवर्तन गर्ने वा नगर्ने सुचना जारी गरे पनि राजपत्रमा परिवर्तन नभएको समेत उल्लेख छ ।
मोटो रकमको चलखेल हुने भए पछि ठुला व्यापारीको जग्गा अर्थात ग्याप नेपाल प्रा.लि र सि.जि.प्रिन्ट एण्ड प्याकेजिङ्ग प्रा.लि.संग मिलेमतोमा साविकको नौविसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२५२ को ३ रोपनी क्षेत्रफल र साविकै नौविसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२४९ को ५ रोपनी क्षेत्रफल जग्गा प्रति रोपनी २० लाख ६० हजारमा खरिद गरेको हो ।

जुन खरिद गरेको जग्गा नगरपालिकाको हुनु पर्ने मापदण्ड समेत पुग्दैन । नगरपालिका हुनको लागि वस्ती संगै हुनु पर्ने सडक सञ्जाल संग जोडिनु पर्ने राजमार्गबाट ५ सय मिटर भित्र हुनु पर्ने बालबालिका, अपाङ्ग र वृद्ध वृद्धालाई समेत सहज रुपमा आवत जावत गर्न सक्ने हुनु पर्छ । तर भौतिक पुर्वधार विना सिमित व्याक्तिहरुको फाईदाको लागि नगरले जग्गा खरिद गरेको पत्रमा भनेको छ ।
फाेटाे फिचर…..

Add Comment