धादिङको सेरोफेरो ब्रेकइङ न्युज समाचार स्वास्थ्य

मलेखुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Follow us on social media

धादिङ । कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भैइरहेको छ । रगतको अभावले बिरामीहरुलाई समस्या परेको हुँदा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औ संस्था स्थापना दिवस तथा रजत वर्षको उपलक्ष्यमा राजमार्ग सामुदायिक अस्पताल, मलेखु धादिङको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरि १४५ पिन्ट रगत संकलन गरि रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।
सोही कार्यक्रमा १४५ जना रक्तदाताले रक्तदान गरेका थिए तेसमध्य २६ जना महिला र ११९ जना पुरुषको सहभागिता समेत रहेको थियो।
रक्तदान कार्यक्रम प्रत्येक बर्ष लायन्स क्लब अफ धदिङ मलेखु टाउनले आफ़्नो सहभागिता जनाउदै आएको लायन्स क्लब अफ धदिङ मलेखु टाउनका पूर्व अध्यक्ष संजय त्रिपाठीले जानकारी दिनु भयो ।

About the author

Dhunibesi News

Add Comment

Click here to post a comment

चित्रित

लेखकको बारेमा

Dhunibesi News