धादिङको सेरोफेरो ब्रेकइङ न्युज समाचार साताभारिका चर्चित

पत्रकारले सोधिएको प्रश्नको जवाफ दिन नसके पछि धुनिवेशी नगर प्रमुख आचार्य पहरा लिदै गालिगलोज गर्दै भागे ।

Follow us on social media

धादिङ्ग जिल्ला धुनिवेशी नगरपालिकाले खरिद गरेको जग्गाको विषयमा न्यूज २४ टेलिभिजन पत्रकार तथा धुनिवेशी डट कम अनलाईनका संचालक बाशु श्रेष्ठले जवाफ मागदा नगर प्रमुख बालकृष्ण आचार्य आशेपाशेको पहरा लिदै भाग्न खोजे । जग्गा खरिद के हो भन्ने हाम्रो प्रश्नमा उनले २०७३ साल फाल्गुण २७ गतेको निर्णय हेर्नु भन्दै पन्छिन खोज्दै जादा जवाफ दिन भन्दै हिड्न खोजे अन्त्यमा सिडियोलाई सोध्नु भन्दै गालिगलोज गर्दै अघि वढे । पत्रकार देखी गुण्डा जस्तै गरी पहरा दिदै आशेपाशेलाई छेकन लगाई जनताले गरेको प्रश्नको जवाफ निदीई कार्यालयबाट नगर प्रमुख आचार्य भागे ।

असार २८ गते नगरपालिकाले खरिद गरेको जग्गामा आर्थिक अनमितता माथि संका भएको भन्दै सयौंको संख्याका स्थानियले ¥यालि सहित निकालेको जुलुसले धुनिवेशी नगरका उपप्रमुख निरु खरेललाइ हजारौको संख्याले गरेका हस्ताक्षर सहित ज्ञापन पत्र वुझाएको थियो । सोही समचार सम्प्रेषण गरेको भन्दै उनी आक्रमक रुपमा पत्रकारलाई गालि गलोज गर्दै निस्के ।


प्रश्नको जवाफ दिन नसकेर वाहिर निस्कने अनि गालि गलोजमा उत्रिनु नै नगर प्रमुख आचार्य माथि संका पैदा भएको छ । हामीले जनताको कुरालाई समेटेर न्यूज २४ टेलिभिजन र अनलाइनमा वनाएको खवर खवरमा आएका कुरालाई प्रश्न गर्दा उहाँ सिधा गालिगलोज तर्फ किन लाग्नु भयो ?
उहाँले गल्ति नभएको हो भने प्रश्नको किन हिम्मत र सामना गर्न सक्नु भएन । पत्रकार देखी डराउनु पर्ने कारण नै के थियो । धुनिवेशीका स्थानिय जनताले असार २८ गते गरेको ¥याली र हस्ताक्षेर सहितको ज्ञापन पत्र वुझाएको विषयलाई केन्द्रित गरेर सोधिएको प्रश्नलाई जवाफ दिन नसके पछि उनी त्यहाबाट पत्रकारको जवाफ नदिएर भागेका थिए ।
नेपाल प्रा.लि र सि.जि.प्रिन्ट एण्ड प्याकेजिङ्ग प्रा.लि.संग मिलेमतोमा साविकको नौविसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२५२ को ३ रोपनी क्षेत्रफल र साविकै नौविसे गाउँविकास समिति वडा नं. ४ को कित्ता नं. १२४९ को ५ रोपनी क्षेत्रफल जग्गा प्रति रोपनी २० लाख ६० हजारमा खरिद गरेको छ ।

धुनिवेशी नगरपालिकाले खरिद गरेकाे जग्गा
धुनिवेशी नगरपालिकाले खरिद गरेकाे जग्गा

चित्रित

लेखकको बारेमा

Dhunibesi News